कीर्तिपुर स्वयंसेवक समाजद्वारा ‘आइडिया सेयरिङ्ग’ कार्यक्रम आयोजना

२५ माघ २०८०

cover image

काठमाडौं । कीर्तिपुर स्वयंसेवक समाजले कीर्तिपुरमा युवा स्वयंसेवा किन चाहिन्छ भन्ने विषयमा ‘आइडिया सेयरिङ्ग’ कार्यक्रमकोआयोजना  २०८० माघ २४ मा हिलसाइड होटल कीर्तिपुरमा गरेको छ। 

उक्त अवसरमा समाजमा रहेका विज्ञहरुको विचार सुनेर अन्तरक्रिया गर्ने डबलीको रुपमा रहेको ‘आइडिया शेयरिङ्ग’ को नयाँ शृङ्खलालाई निरन्तरता दिने क्रममा कीर्तिपुर स्वयंसेवक समाजका परिकल्पनाकार तथा सल्लाहकार तथा मानव संसाधन विज्ञ आकर्षण प्रधानबाट कीर्तिपुरमा युवा स्वयंसेवा किन चाहिन्छ शिर्षकमा कार्यक्रम आयोजना भएको हो । प्रधानले उक्त अवसरमा कीर्तिपुरका समस्याहरु केलाउँदै अघि बढ्न सहकार्य कसरी गर्न सकिन्छ भनेर प्रस्तुतिकरण गरेका थिए ।
 
कीर्तिपुर स्वयंसेवक समाजका अध्यक्ष सुधन सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रम कार्यसमितिका सदस्य इ सरु मानन्धरले संचालन गरेका थिए । भने धन्यवाद ज्ञापन तथा कार्यक्रमको समापन सरल गोपाल महर्जनले गरेका थिए ।

युवाहरुमा भएको ज्ञान सीप र क्षमताको माध्यमबाट संगठित रूपमा स्वयंसेवा गर्न विसं २०६१ सालमा स्थापना भएको कीर्तिपुर स्वयंसेवक समाजले युवा क्षमता विकास, विपद् व्यवस्थापन आदि क्षेत्रहरुमा निरन्तर काम गर्दैआइरहेको छ ।


 

Image

राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा ...

Image

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। देशका पहाड...

Image

नगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर हुक्का सेवन एवं बिक्री वितरणमा रोक लगाएको जनाएको छ । स्थानी...

Image

राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। देशका उच्च पहाडी त...

Image

लागुऔषध गाँजासहित ट्रक चालक सर्लाहीको २९ वर्षीय सन्तोषकुमार साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ...

Image

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भाव...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४