शीर्षकहरू

खप्तडमा पर्यटक बढे

खप्तडमा पर्यटक बढे

डोटी । भूस्वर्गका नामले परिचित खप्तडमा सात महिनामा ८८३ पर्यटक भित्रिएका छन् ।

सुदूरपश्चिमको धार्मिक तथा प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण पर्यटकीय क्षेत्र मानिएको खप्तडमा चालु आर्थिक वर्षको सात महिनामा ८८३ पर्यटक भित्रिएका हुन् । 

खप्तड राष्ट्रिय निकुञ्जले दिएको जानकारी अनुसार यस वर्षको साउनदेखि माघ मसान्तसम्ममा १८ विदेशी र आठ सय ६५ स्वदेशी पर्यटक खप्तड घुम्न आएका हुन् । 

आव २०७७/७८ मा तीन विदेशी र एक हजार ६८५ नेपालीले तथा २०७८/७९ मा १९ विदेशी, तीन सार्क राष्ट्रका र दुई हजार १८७ नेपालीले खप्तडको भ्रमण गरेका निकुञ्ज कार्यालयले जनाएको छ ।

आव २०७९/८० मा दुई हजार ८९१ जना पर्यटकले खप्तडको भ्रमण गरेका थिए । रासस