शीर्षकहरू

‘खल्ती सुरक्षा प्लस’ ७६० मै ५३०,००० को बिमा

‘खल्ती सुरक्षा प्लस’ ७६० मै ५३०,००० को बिमा

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले आफ्ना प्रयोगकर्ताहरूको स्वास्थ्य सुरक्षा ध्यानमा राखि मेट लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स सँगको सहकार्यमा ‘खल्ती सुरक्षा प्लस’ नामक स्वास्थ्य सेवा प्याकेज उपलब्ध गराएको छ । मात्र ७६० रुपैयाँबाट सुरु हुने यस प्याकेजमा प्रयोगकर्ताले ५३०,००० रुपैयाँसम्मको स्वास्थ्य, दुर्घटना,  र जीवन बिमा साथै १,५०,००० रुपैयाँ बराबर को विभिन्न हेल्थ केयर प्याकेज प्राप्त गर्न सक्नेछन्।

१८ वर्षदेखि ६० वर्षसम्मका प्रयोगकर्ताले ‘खल्ती सुरक्षा प्लस’ को सब्स्क्रिब्सन लिन सकिने कम्पनीले जनाएको छ । सब्स्क्रिब्सन लिएका प्रयोगकर्ताहरूले  जीवन बिमा स्वरूप  २,५०,००० रुपैयाँ, गम्भिर बिमारीको उपचार खर्च स्वरूप   ५०,००० रुपैयाँ र अस्पताल भर्ना, दुर्घटना तथा अन्त्येष्टि खर्च स्वरूप .२,३०,००० रुपैयाँसम्म दाबि गरि कूल  ५,३०,००० रुपैयाँसम्मको स्वास्थ्य सुरक्षा प्राप्त गर्न सक्नेछन् । यस लगायत प्रयोगकर्ताहरूले ‘खल्ती सुरक्षा प्लस’ अन्तर्गत १,५०,००० प्लसको आँखा, कपाल, छाला, सम्बन्धित स्वास्थ्य सेवाहरू को लाभ उठाउन सक्नेछन् । 

यस बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भने “हालको समयमा बीमा सुबिधा लिनलाई झेल्नुपर्ने आर्थिक भारको चुनौतिका कारण धेरै प्रयोगकर्ताहरू आफ्नो स्वस्थ सुरक्षाबाट बन्चित रहेको अवस्थामा हामीले  मेट लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स सँगको सहकार्यमा ‘सुरक्षा प्लस’ नामक बजेट फ्रेन्ड्ली  स्वास्थ्य सुविधा प्याकेज उपलब्ध गराएका छौँ। अर्थका कारण आफ्नो स्वस्थ सुरक्षाबाट कोहि पनि बन्चित नहुन् भन्ने उदेश्यकासाथ  उपलब्ध गराएको यस प्याकेजमा बार्षिक ७६० अन्तर्गत  प्रयोगकर्ताहरूले रु ५,३०,००० रुपैयाँको जीवन बिमा, स्वास्थ्य, दुर्घटना बिमा साथै अन्य स्वास्थ्य सेवाबाट लाभान्वित हनेछन्। साथै बीमा रकम दाबी  पनि सहज र सरल तरिकाले छोटो अवधिमै उपलब्ध हुनेछ ।”

यस सेवा पूर्व खल्तीले ‘खल्ती सुरक्षा’ नामक स्वास्थ्य सेवाको सब्स्क्रिब्सन समेत उपलब्ध गराउँदै आईरहेको थियो। बार्षिक ३६० रुपैयाँमा उपलब्ध यस  प्याकेजमा भने  २.३ रुपैयाँ लाखसम्मको स्वास्थ्य र दुर्घटना घटना बीमा साथै १.५ लाख रुपैयाँको विभिन्न हेल्थ केयर फाइदा हुने कम्पनीले  दावी गरेको छ ।