शीर्षकहरू

काठमाडौंका एसएसपीसहित १५ जनाको सरुवा, को कहा पुगे ?

काठमाडौंका एसएसपीसहित १५ जनाको सरुवा, को कहा पुगे ?

काठमाडौं । जिल्ला प्रहरी काठमाडौंका परिसरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सरुवा भएका छन् । काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्र बहादुरर खत्री कर्णाली प्रदेश सरुवा भएका छन् । काठमाडौं जिज्ला परिसरमा भने दानबहादुर कार्की आएका छन् ।  शुक्रबार प्रकाशित सूचनाका अनुसार १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा तथा पदस्थापन भएको हो। गृह मन्त्रीस्तरीय निर्णयबाट उनीहरुको सरुवा भएको हो।

बिहीबारबाटै लागू हुनेगरी सरुवा तथा पदस्थापन भएको हो। एसएसपी दिपक रेग्मी, गोपालचन्द्र भट्टराई, दानबहार कार्की, मनोज केसी, दिल्लीराज विष्ट, विनोद घिमिरेलगायत १५ जनाको सरुवा तथा पदस्थापना भएका छन  ।