शीर्षकहरू

जनउत्थान सामुदायिक लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने

जनउत्थान सामुदायिक लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । फागुन १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण आगामी वार्षिक साधारण सभाबाट पारित गर्ने गरी नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय पनि सोही बैठकले गरेको छ । विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको यो कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाएको हो । 

गत वर्ष कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।