शीर्षकहरू

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं । जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द भएको छ । शनिबार रातिदेखि मंगलबार राति १२ बजेसम्मका लागि रेल सेवा बन्द गरिएको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

कम्पनीले विज्ञप्ति जारी गर्दै भारतको मधुवनी जिल्ला झंझारपुरमा हुन लागेको लोकसभा चुनावका लागि बोर्डर सिल गर्नेगरी रेल्वे सेवा पूर्णरुपमा बन्द रहने जनाएको छ । झंझारपुरमा मंगलबार लोकसभा चुनाव हुँदैछ ।

बुधवारदेखि साविकबमोजिम नियमित सेवा सञ्चालनमा आउने कम्पनीका प्रवन्ध सञ्चालक निरञ्जनकुमार झाले बताएका छन् ।