शीर्षकहरू

इलाम उपनिर्वाचनः नेम्वाङले १६ हजार मत ल्याउँदा अरुको कति ?

इलाम उपनिर्वाचनः नेम्वाङले १६ हजार मत ल्याउँदा अरुको कति ?

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मत गणना जारी छ । पछिल्लो मत परिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले १६ हजार २१९ मत ल्याएका छन् । 

त्यस्तै, नेपाली कांग्रेसका डम्बरबहादुर खड्का १० हजार ५५७ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले ८ हजार ८२५ मत ल्याउदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले २ हजार ६४५ मत प्राप्त गरेका छन् । 

स्मरण रहोस्, विसं २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रमा एमालेका सुवासचन्द्र नेम्बाङसंग हारेका खड्का थिए । त्यसबेला कांग्रेसका खड्का तत्कालीन सत्ता गठबन्धनबाट माओवादी केन्द्र र एकीकृत समाजवादीको समेत साझा उम्मेदवार थिए । अहिले खड्का एक्लै चुनाव लड्दा एमालेका नेम्बाङलाई भने माओवादी केन्द्र, नेकपा र नेपाल परिवार दलको समर्थन छ ।