शीर्षकहरू

इजरायलद्वारा मानवीय सहायता कुरिरहेका प्यालेस्टाइनीको हत्या

इजरायलद्वारा मानवीय सहायता कुरिरहेका प्यालेस्टाइनीको हत्या

एजेन्सी । गाजामा मानवीय सहायता पर्खाइमा रहेका ७० प्यालेस्टाइनीलाई इजरायलले बम हानेर हत्या गरेको छ । मानवीय हताहती थप बढ्‍नसक्ने आंकलन छ ।

गाजा शहरको पश्चिम तटीय सडकमा सहायता लिन पर्खिरहेका प्यालेस्टिनीहरूको भेलामा बिहीबार इजरायली सेनाले बम आक्रमणमा गरेको थियो । सो आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोत र प्रत्यक्षदर्शीहरूले बताएका छन्। २५० जना घाइते छन्‌ ।

मृतक र घाइतेहरूलाई अल-शिफा अस्पतालमा लगिएको छ । यद्पि सो अस्पतालमा चिकित्सा उपकरण र चिकित्सक अभाव रहेको बताइएको छ ।

प्रत्यक्षदर्शीहरूले बताए अनुसार इजरायली सेनाले गाजा शहरको पश्चिममा अल-राशिद स्ट्रिटमा नागरिकहरूको भेलालाई आक्रमणको निशाना बनाएको थियो ।