शीर्षकहरू

ह्वात्तै बढ्यो सुनचाँदीको भाउ

ह्वात्तै बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । आज (शुक्रबार) नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढेको छ ।

साताको शुरुदेखि नै घट्दो क्रममा रहेको सुनको भाउ आज प्रतितोलामै ६०० रुपैयाँले बढेको हो । चाँदीको भाउ पनि प्रतितोलामा १५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला १ लाख १९ हजार पुगेको छ । यो गुणस्तरको सुनको प्रतितोला मूल्य हिजो बिहीबार १ लाख १८ हजार ४०० रुपैयाँ थियो ।

यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला १ लाख १८ हजार ४५० रुपैयाँ पुगेको छ । यो गुणस्तरको सुनको मूल्य हिजो बिहीबार १ लाख १७ हजार ८५० रुपैयाँ थियो । 

आज चाँदीको मूल्य पनि प्रतितोलामा १५ ले बढेर १३ सय ९० रुपैयाँ पुगेको छ ।