हुण्डी कारोबारमा संलग्न आरोपमा दुईजना पक्राउ

२० चैत्र २०८०

cover image

बारा । हुण्डी कारोबारमा संलग्न भएको आरोपमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा पोखरिया नगरपालिका–१ बनकटवा बस्ने वर्ष ३४ का हरिकिशोर पटेल र बारा जिल्ला महागढीमाई नगरपालिका–१ बस्ने ४२ वर्षका रमेशप्रसाद कुसवाहा छन् । 

विशेष सूचनाका आधारमा भारतबाट स्रोत नखुलेको रु १३ लाख ५० हजार नेपाली लिएर आइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले विश्रामपुर गाउँपालिका–४ मुसहर्वास्थित सडकबाट नगद सहित पटेललाई पक्राउ गरेको  जिल्ला प्रहरीका प्रवक्ता दधीराम न्यौपानेले बताए । 

पटेल सवार २–०३–०१६ प २३३७ नम्बरको मोटरसाइकल बरामद गरिएको छ । पटेलको बयानका आधारमा आरके मनी चेन्जर बरियारपुरका सञ्चालक रमेश कुसवाहा पक्राउ परेका हुन् । 

बरामद भएको पैसा कुसवाहाको रहेको बताइएको छ । पक्राउ परेका व्यक्तिले पछिल्लो दुई दिनमा करिब आठ करोड रकम हुण्डी कारोबारमार्फत नेपाल भित्र्याएको अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए । हुण्डी कारोबारमा संलग्न अरुको पनि खोजतलास भइरहेको उनले बताए । पक्राउ परेका दुई जनालाई जिल्ला अदालत बाराबाट म्याद थप गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

Image

काठमाडौं । आज काठमाडौँका विभिन्न ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल बिद्युत् प्राधि...

Image

त्यस्तै, बा ३ ख ८१ ६३ नम्बरका माइक्रो चालक चितवनको भरतपुर महानगरपालिका ८ का ३३ वर्षीय ध्रुव बस्याल, ...

Image

सर्वेक्षणअनुसार निकुञ्ज क्षेत्रबाहिर पर्ने डोल्पोबुद्ध, काइके र छार्काताङ्सोङ् गाउँपालिकाको वन क्षेत...

Image

शनिबार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बा...

Image

गोसाइँकुण्ड गाउँपालिका र लाङ्टाङ राष्ट्रिय निकुञ्जद्वारा  संयुुक्तरूपमा आयोजित  १२औँ ‘रेडपान्डा’ ट्र...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४