हिमालयन रि–इन्स्योरेन्सले बोलायो साधारण सभा, लाभांशसँगै हकप्रद प्रस्ताव

२८ माघ २०८०

cover image

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले फागुन २० गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो ।

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

२०८० साल माघ मसान्तसम्म २० अर्ब चुक्तापूँजी पुर्याउनु पर्ने अवस्थामा कम्पनीले बोनस शेयर र हकप्रद मार्फत पूँजी बढाउन लागेको छ ।  कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ४ प्रतिशत बोनस शयर र सोको कर प्रयोजनका लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी १० अर्ब रहेको छ । ४ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी १० अर्ब ४० करोड कायम हुनेछ । कम्पनीले सर्वसाधारणमा भर्खरै आईपीओ जारी गरेको हो । गत पुस ११ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले पहिलो वर्षनै लाभांश वितरण गर्न लागेको हो ।

बोनस शेयरपछि कायम चुक्तापूँजीको आधारमा ८० प्रतिशत हकप्रद शेर निष्कासन गर्ने प्रस्ताव पनि कम्पनीले गरेको छ । कम्पनीले १० शेयर वराबर ८ शेयरको अनुपातमा ८ अर्ब ३२ करोड रूपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद पछि कम्पनीको चुक्तापूँजी १८ अर्ब ७२ करोड रूपैयाँ कायम हुनेछ । नेपाल बीमा प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनीका लागि तय गरेको न्यूनतम चुक्तापूँजी कायम गर्न हकप्रद पछि पनि कम्पनीलाई थप १ अर्ब २८ करोड रूपैयाँ आवश्यक हुन्छ ।

लाभांश र हकप्रद प्रस्तावसँगै सभाले संस्थापक शेयरधनीका तर्फबाट रित्त रहेको एक जना सञ्चालक बाँकी कार्यकालका लागि र सर्वसाधारण शेयरधनीको तर्फबाट दुई जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम समेत सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन ६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।
 

Image

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले लााभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुन...

Image

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ करोड ४२ लाख ६६ हजार ३२३ दशमलव ५० कित्ता शेयरको लकइन...

Image

सन नेपाल लाइफ इन्स्योरेन्सले ५ अर्ब चुक्तापूँजी कायम गर्नका लागि बोनस र हकप्रद शेयर वितरण गर्ने प्रस...

Image

सूर्याज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट लाभांश वितरण नगर्...

Image

साविकको यूनाइटेड इन्स्योरेन्स र साविकको अजोड इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिए (मर्जर) पश्चात संयु...

Image

विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) पहिलेकै अवस्थामा राख्नुपर्ने भन्दै उनले विद्युत कम्पनील...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४