शीर्षकहरू

घटेको बजारमा तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

घटेको बजारमा तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको दोस्रो कारोबारको दिन सामबार सामान्य अंकको गिरावट भएको छ । आज नेप्से ६.२६ अंकले घटेर दुई हजार १२ दशमलव ७ विन्दुमा बन्द भएको हो ।                                                                     

नेप्सेमा आज २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ८६ वटाको बढेको छ भने १५१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।     

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, माइखोला हाइड्रोपावर लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।         

आज रिभल्स फल्स पावर लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ९.९८ प्रतिशतले घटेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार सर्वोत्तम सिमेन्ट लिमिटेडको भएको छ । आज यस कम्पनीको ४७ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।