शीर्षकहरू

गार्गी कन्या गुरुकुललाई सिटिजन लाइफको तीन लाख सहयोग

गार्गी कन्या गुरुकुललाई सिटिजन लाइफको तीन लाख सहयोग

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गार्गी कन्या गुरुकुललाई आर्थिक सहयोग गरेको छ । चितवन जिल्लाको देवघाटमा रहेको गार्गी कन्या गुरुकुल प्रतिष्ठानद्वारा सञ्चालित गार्गी कन्या गुरुकुललाई कम्पनीले तीन लाख रुपैयाँ सहयोग गरेको हो । 

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले उक्त सहयोग गरेको हो । कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत  भुषण रिमाल र कर्पोरेट सेल्स हेड रिता पाठकले गार्गी कन्या गुरुकुल प्रतिष्ठानका उपाध्यक्ष डा. मन काफ्ले र सल्लाहकार भागवती कुमार काफ्लेलाई तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।