शीर्षकहरू

एसआइ-यूकेले फेब्रुअरी ३ देखि ‘यूके एजुकेशन फेयर’ गर्ने

एसआइ-यूकेले फेब्रुअरी ३ देखि ‘यूके एजुकेशन फेयर’ गर्ने

काठमाडौं । वैदेशिक अध्ययन परामर्शदातृ संस्था एसआइ-यूकेले फेब्रुअरी ३ देखि ९ सम्म देशका विभिन्न शहरमा यूके एजुकेशन फेयर आयोजना गर्ने भएको छ ।

एजुकेशन फेयरमार्फत बेलायतमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श उपलब्ध गराइने र बेलायतका उत्कृष्ट विश्वविद्यालयहरूसँग नेपाली विद्यार्थीहरूको साक्षात्कार गराउने लक्ष्य राखिएको संस्थाले जनाएको छ । 

एसआइ-यूकेका अनुसार माघ २० मा काठमाडौं, माघ २२ मा पोखरा, माघ २४ मा बुटवल र माघ २६ मा चितवन फेयर आयोजना हुनेछ । शैक्षिक मेलामा बेलायतका उत्कृष्ट विश्वविद्यालयहरूका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई उचित परामर्श प्रदान गर्नेछन् ।

एसआइ-यूके नेपालका कन्ट्री म्यानेजर नन्दन सिंहले शैक्षिक मेलाको महत्व र आवश्यकताबारे जानकारी दिँदै विद्यार्थीहरूलाई बेलायतमा उचित शैक्षिक संस्था छनोट गर्न मद्दत पुग्ने बताए ।