शीर्षकहरू

एनएमबि लघुवित्तले यो वर्ष लाभांश वितरण नगर्ने

एनएमबि लघुवित्तले यो वर्ष लाभांश वितरण नगर्ने

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । फागुन १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाएको हो । गत वर्ष कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी ७२ करोड १४ लाख ४९ हजार रूपैयाँ रहेको छ । 

शेयर प्रिमियममा ७ करोड २९ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको रिटर्न अर्निगमा भने ४ करोड ५९ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । जगेडा कोष रकम भने १८ करोड ९० लाख रूपैयाँभन्दा बढी कायम छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनी ६ करोड ७५ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । यस अवधिसम्म कम्पनी १८ रूपैयाँ ७३ पैसा प्रतिशेयर नोक्सानीमा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२९ रूपैयाँ ९५ पैसा रहेको छ ।