शीर्षकहरू

एलन मस्कको स्पेश एक्सद्वारा एकसाथ २३ भूउपग्रह प्रक्षेपण

एलन मस्कको स्पेश एक्सद्वारा एकसाथ २३ भूउपग्रह प्रक्षेपण

एजेन्सी । संयुक्तराज्य अमेरिकाको निजी क्षेत्रको स्पेश–एक्स कम्पनीले शनिबार २३ वटाभन्दा बढी स्टारलिङ्क भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ।

स्पेश–एक्सका अनुसार, अमेरिकाको फ्लोरिडास्थित केप कानाभारल स्पेश फोर्स स्टेसनबाट उक्त भूउपग्रह प्रक्षेपण गरिएको हो। कम्पनीले फाल्कन ९ नामक रकेटमार्फत् २३ वटा स्टारलिङ्क उपग्रह प्रक्षेपण गरेको जनाएको छ।

स्टारलिङ्क भूउपग्रहहरूले पृथ्वीका दुर्गम क्षेत्र र इन्टरनेटको पहुँच कमजोर भएका क्षेत्रहरूमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ।