शीर्षकहरू

एक सय १४ जनाले पाए हिमाल आरोहणको अनुमति, ८ करोड रोयल्टी संकलन

एक सय १४ जनाले पाए हिमाल आरोहणको अनुमति, ८ करोड रोयल्टी संकलन
फाइल फोटो

काठमाडौं । वसन्त ऋतुमा हिमाल आरोहणका लागि एक सय भन्दा बढिले अनुमति पाएका छन् । पर्यटन विभागको तथ्यांक अनुसार ११४ जनाले हिमाल आरोहणको अनुमति पाएका हुन् । 

जसमा ८२ जना पुरुष र ३२ जना महिला रहेका छन् । उनीहरूको १३ वटा समूह रहेको छ । जारी अनुमतिबाट ८ करोड ३९ लाख ९२ हजार ५० रुपैयाँ रोयल्टी संकलन भएको छ ।  

हिमाल आरोहणको अनुमति पाउनमध्ये सबैभन्दा धेरै सगरमाथामा लागि रहेका छन् । यस हिमालमा आरोहण गर्न ४१ जना महिला र ११ जना पुरुषगरि ५२ जनाले अनुमति पाएका हुन् । जसबाट ५ लाख ७२ हजार रोयल्टी प्राप्त भएको छ । 

त्यस्तै, दोस्रो स्थानमा अन्नपूर्ण हिमाल रहेको छ । यस हिमालका लागि दुई समूहका २४ जनाले आरोहण अनुमति पाएका छन् । 

अमादब्लम हिमालमा ३ समूहका २३ जनाले अनुमति पाएका छन् भने हिमलुङ हिमालमा ५ जनाले आरोहण अनुमति पाएका छन् । पुथा हिउँचुलीका लागि सात, हिउँचुली पाँच, काङ्ग्री शार दुई र जुगल हिमालका लागि एकले आरोहण अनुमति लिएका छन् ।