शीर्षकहरू

एक करोड नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

एक करोड नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

सुनसरी । नक्कली नोटसहित भारतीय नागरिक पक्राउ परेका छन् । ईनरूवा नगरपालिका ४ बाट एक हजार दरका १८ हजार २५१ थान नक्कली नोट गरी जम्मा १ करोड ८२ लाख ५१ हजार नक्कली रूपैयाँसहित भारत बिहार राज्य बिरपपुर ५ का २२ वर्षीय छोटु भन्ने मोहमद सैयाद साफीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले बिआर ११ एक्स ३४२९ नम्बरको स्कारपियो गाडीलाई जाँच गर्ने क्रममा गाडीभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको नक्कली नोट फेला पारी गाडीका चालक साफीलाई गाडीसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।