शीर्षकहरू

दोस्रो त्रैमाससम्ममा ४ प्रतिशत आर्थिक वृद्धि, निर्माण क्षेत्र २.२ प्रतिशतको संकुचन

दोस्रो त्रैमाससम्ममा ४ प्रतिशत आर्थिक वृद्धि, निर्माण क्षेत्र २.२ प्रतिशतको संकुचन

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा ४ प्रतिशतले आर्थिक वृद्धि भएको राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ । निर्माण क्षेत्रमा २.२ प्रतिशतको संकुचनमा परेको छ । कार्यालयले  मंगलबार सार्वजनिक गरेको विवरणमा गत वर्षभन्दा नेपालको वृद्धिदर ४ प्रतिशतले बढ्ने देखिएको अनुमान गरेको छ । यस त्रैमासमा अर्थतन्त्र वृद्धि हुनुमा धान लगायत अन्नबाली र अन्य कृषि उत्पादनमा भएको वृद्धि तथा पर्यटक आगमनमा भएको वृद्धि मुख्य कारण मानिएको छ । होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिले समग्र अर्थतन्त्रमा योगदान गरेको छ ।

व्यापार क्षेत्रमा झिनो वृद्धि तथा उद्योगबाहेक अन्य क्षेत्रमा समेत सकारात्मक वृद्धि भएको कार्यालयले जनाएको छ । २०८०/८१ को पहिलो त्रैमासको तुलनामा अर्थतन्त्र ०.७ प्रतिशतले वृद्धि भएको छ । नेपालमा सबैभन्दा धेरै वृद्धि आवास तथा भोजन सेवासँग सम्बन्धित क्रियाकलापको २९.३ प्रतिशतले वृद्धि भएको छ । ग्यास क्षेत्रमा १७.१ प्रतिशत वृद्धिदर भएको छ । यातायात तथा भण्डारण क्षेत्रमा १४.३ प्रतिशत वृद्धि देखिएको तथ्याक कार्यालयले जनाएको छ ।

खानी तथा उत्खनन क्षेत्रमा ९.४ प्रतिशत, वित्तीय तथा बीमा क्षेत्रको वृद्धिदर ९.१ प्रतिशत, कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर ३ प्रतिशत तथ्यांक कार्यालयले जनाएको छ । त्यस्तै, थोक तथा खुद्रा व्यापार ०.५ प्रतिशत, विद्युत्, ग्याँस, आपूर्ति सेवा क्षेत्रमा सबैभन्दा धेरै ९.३ प्रतिशत, यातायात र भण्डारणमा ६.५ प्रतिशत,कृषिमा २.६ प्रतिशत वृद्धि भएको छ ।