शीर्षकहरू

दियालो टेक्नोलोजिज र जापानको सीटीआइबीच सहकार्य

दियालो टेक्नोलोजिज र जापानको सीटीआइबीच सहकार्य

काठमाडौं । खानेपानीको क्षेत्रमा प्रविधि प्रयोग गरि अत्याधुनिक सेवा दिँदै आएको दियालो टेक्नोलोजिज प्रालि र जापानको सीटीआइ इन्जिनियरिङ कम्पनी लिमिटेडबीच प्राविधिक सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतासँगै दुबै कम्पनीले खानेपानी क्षेत्रको अटोमेसन, खानेपानी समितिहरूको क्षमता विकासको लागि सहकार्य हुनेछ । 

सम्झौता पत्रमा दियालो टेक्नोलोजिजको तर्फबाट प्रमुख सञ्चालन अधिकृत सरस्वती पोखरेल र सिटिआइ कम्पनीका तर्फबाट प्रोजेक्ट म्यानेजर यासुको कामेगाइले हस्ताक्षर गरेका हुन् । यस सहकार्यले स्मार्ट मिटारिंग सहितको प्रविधि प्रयोगले पानीको उत्पादन र वितरण प्रणालीको अटोमेसन र डिजिटलाइजेसनमा ठुलो फड्को मार्ने लक्ष्य राखिएको छ । 

यस साझेदारीले सबैको लागि सुरक्षित पानीको पहुँच, खानेपानीको क्षेत्रमा रहेका चुनौती समाधान गर्न प्रविधिको प्रयोग, प्रविधि निर्माणमा सहकार्य लगायतका कामहरू गरिनेछ । दियालो टेक्नोलोजिज खानेपानी क्षेत्रमा प्रविधिको प्रयोग गरि सहजता प्रदान गर्ने कम्पनी हो । हाल देशभर ८ सय भन्दा बढी संस्थाहरूमा दियालोले विकास गरेको सफ्टवेयरको प्रयोग भइरहेको छ ।