शीर्षकहरू

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्कासनका लागि नियुक्त गर्यो विक्री प्रबन्धक

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्कासनका लागि नियुक्त गर्यो विक्री प्रबन्धक

काठमाडौं । ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । पब्लिक कम्पनीमा रुपान्तरण गरी आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि कम्पनीले विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धी बिहीवार दुई पक्षिय हस्ताक्षर भएको छ । 

सो सम्झौतामा ड्रिम इन्टरनेशनल होटलको तर्फबाट अध्यक्ष गोपाल राना र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन । पर्यटन उद्योगमा फरक पहिचान बनाएको ड्रिम ग्रुप अन्तर्गतको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारणलाई समेत पर्यटन उद्योगमा जोड्ने लक्ष्यसहित सार्वजनिक शेयर निष्काशन प्रक्रिया अगाडी बढाईएको कम्पनीले जनाएको छ ।

 पश्चिम नेपालकै व्यापारिक तथा पर्यटकीय शहर बुटवलमा रहेको ड्रिम इन्टरनेशनल होटलले सहलगानी गर्दै देशका ७ वटै प्रदेश तथा पर्यटकीय गन्तव्यहरुमा होटल स्थापना गर्ने योजना बनाएको छ  । अव कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ ।