शीर्षकहरू

डल्लु र नयाँबजारमा महालक्ष्मी विकास बैंकको शाखाको औपचारिक समुद्घाटन

डल्लु र नयाँबजारमा  महालक्ष्मी विकास बैंकको शाखाको औपचारिक समुद्घाटन

काठमाडौं,महालक्ष्मी विकास बैंक लि. ले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं १५, स्थित डल्लु शाखा कार्यालयको  तथा काठमाडौँ महानगरपालिका वडा नं १६, स्थित नयाँबजार शाखाको औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

डल्लु शाखाको समुद्घाटन प्रमुख अतिथि काठमाडौँ निर्वाचन क्षेत्र नं ८ का  माननीय सांसद श्री जीवन राम श्रेष्ठ ज्यूले दीप प्रज्वलनका साथ गर्नु भएको थियो भने सो समारोहमा विशेष अतिथिका रुपमा काठमाडौँ महानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का वडा अध्यक्ष श्री ईश्वरमान डंगोल ज्यू रहनु भएको थियो । यसैगरी नयाँँबजार शाखाको समुद्घाटन बैंकका संचालन समितिका सदस्य श्री राजेश कुमार रौनियार ज्यूले गर्नु भएको थियो । 
कार्यक्रमकै क्रममा बैँकका प्रमुख कार्यकारी अधिकृत श्री कृष्णराज लामिछाने ज्यूले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन बैंक अपरिहार्य भएको बताउनु भएको थियो र महालक्ष्मी विकास बैंक लि.ले ग्राहक हितलाई मध्यनजर गर्दै वचत परिचालन योजना कार्यन्वयन अन्तर्गत उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आइरहेको जानकारी दिनु भएको थियो ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ९३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ४ लाख ५० हजार भन्दा बढी रहेको छ ।