शीर्षकहरू

डिशहोमको एक्सन स्पोर्टस एचडी वानले आहा रारा गोल्ड कपको प्रत्यक्ष प्रसारण गर्ने

डिशहोमको एक्सन स्पोर्टस एचडी वानले आहा रारा गोल्ड कपको प्रत्यक्ष प्रसारण गर्ने

काठमाण्डौं । मंगलबारदेखि पोखरामा हुनेआहा रारा गोल्ड कपको २३ औं संस्करणका खेलहरुको डिशहोमले प्रत्यक्ष प्रसारण गर्ने भएकोछ। पोखरा रंगशालामा हुने प्रतियोगिताको डिसहोमको एक्सन स्पोर्टस एचडी वानले प्रत्यक्ष प्रसारण गर्ने भएको हो।

डिशरआहाको आयोजक सहारा क्लबबीच गोल्ड कपको बोर्डकास्टिङ पार्टनरका रुपमा रहने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।प्र्तियोगिताको प्रत्यक्ष प्रसारण डिसहोमको एप डिसहोम गोमा पनि हुने कम्पनीले जनाएको छ।एक्सन स्पोर्टसले यस अघि पनि आहा गोल्डकपको प्रत्यक्ष प्रसारण गरेको थियो।

९ वटा ‘ए’ डिभिजन क्लब तथा भुटानको पारोसहित १२ टोलीले यस पटकको प्रतियोगितामा सहभागिता जनाउँदैछन्।उदघाटन खेलमा आयोजक सहारा र थ्रीस्टार क्लब आमने सामने हुने छन्।

प्रतियोगिताको दोस्रो दिन त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटब लक्लबबीच स्पर्धा हुनेछ। दुई ‘ए” डिभिजन टोलीममा छिन्द्रक्लब र जावलाखेल युथ क्लब माघ ११ गते र दुई विभागीय टोली नेपाल एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लबको भेट माघ १२मा हुनेछ।

साविक विजेता संकटा क्लब, भुटानको पारो फुटबल क्लब,  मनाङम स्र्याङ्दी क्लब र लिग विजेता चर्चब्वाइज युनाइटेड क्लबले भने सिधै क्वार्टर फाइनलमा प्रवेश पाएका छन्।प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ।

विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ रुपैयाँ प्राप्त गर्नेआयोजकले जनाएको छ।प्रिक्वार्ट र खेल्ने टोलीले २० हजार, क्वार्टर फाइनल खेल्ने टोलीले ३० हजार र सेमिफाइनल खेल्ने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।