शीर्षकहरू

डिप्रोक्स लघुवित्तको लाभांश प्रस्ताव, बोनससँगै नगद लाभांश पनि

डिप्रोक्स लघुवित्तको लाभांश प्रस्ताव, बोनससँगै नगद लाभांश पनि

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । फागुन ३ गते विहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १ अर्ब ५५ करोड १० लाख ८८ हजार रूपैयाँका आधारमा १० दशमलव ५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । 

कुल लाभांशमध्ये १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिने तयारी कम्पनीले गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । 

यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ११ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।