ढुवानी व्यवसायीका समस्या समाधानमा गर्छु: मन्त्री भण्डारी

२० चैत्र २०८०

cover image

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ढुवानी व्यवसायीका समस्या समाधानका लागि आफू सकारात्मक रहेको बताएका छन् । ढुवानी व्यवसायी महासङ्घ नेपालको माग पत्र बुझ्दै उनले ढुवानी व्यवसायीले उठाउँदै उठाएका समस्या समाधानमा उद्योग मन्त्रालयबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाएका हुन् । 

उनले ढुवानी व्यवसायी महासंघका प्रतिनिधिलाई देशभरको आपूर्ति व्यवस्था सहज बनाउन पनि आग्रह गरे । मन्त्री भण्डारीले ढुवानी व्यवसायीले बजारमा एकाधिकार जमाएर अरू व्यवसायीलाई आउन नदिएको गुनासो आएको उल्लेख गर्दै ढुवानीमा रहेको एकाधिकार हटाएर सहज वातावरण निर्माण गर्न आग्रह गरे । 

आर्थिक वर्ष २०७६/७७ को आफूहरूले भ्याट नकाटे पनि सरकारले तिर्नुपर्ने देखाएपछि त्यसको मिनाहाका लागि मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको महासंघका अध्यक्ष माधव नेपालले बताए। चालु आर्थिक वर्षमा सरकारले सो १३ प्रतिशत भ्याटलाई ‘स्किम’ का रूपमा पाँच प्रतिशत तिर्न भने पनि आफूहरूले भ्याटमा कारोबार नगरेकाले मिनाहाका लागि सरकार समक्ष माग गरेको उनले जानकारी दिए । 

ढुवानीमा सरकारले मूल्य अभिवृद्धि कर लगाउने निर्णयले समग्र ढुवानी व्यवसायी प्रत्यक्ष मारमा परेको अवस्था रहेको भन्दै ढुवानी व्यवसायी महासंघले त्यसको खारेजीको माग गरेको छ । सो करले समग्र व्यापार व्यवसाय तथा आम उपभोक्तामा महँगी सिर्जना गरेको महासंघको भनाइ छ ।

महासंघले देशका ठूला शहरमा ढुवानी ग्राम बनाउन पनि माग गरेको छ । नमुनाका रूपमा बुटबलमा सरकार र ढुवानी व्यवसायीको लगानीमा रु ३० करोड लागतमा ढुवानी ग्राम निर्माणाधीन रहेको अध्यक्ष नेपालले बताए । यस्तै उनले मन्त्री भण्डारी समक्ष सबै ढुवानी व्यवसायीलाई एकै बनाइएकामा यसले साना व्यवसायीलाई मर्का परेको भन्दै महासंघले ढुवानी व्यवसायीको वर्गीकरण गर्न माग गरेको छ ।

साथै महासंघका महासचिव पुष्पराज श्रेष्ठद्वारा हस्ताक्षरित माग पत्रमा करयोग्य आय गणना गर्दा खर्च कटौती पाउने व्यवस्था मिलाउन आग्रह गर्दै ढुवानी क्षेत्रका समस्यालाई दीर्घकालीन रूपमा समाधान गरिदिन माग गरिएको छ ।   

Image

“सर्वोच्चमा विचाराधीन रहेको मुद्दाको अवज्ञा गर्दै प्रदेशसभाको अधिवेशन बोलाइनु गैरकानुनी एवं सम्मानित...

Image

काठमाडौं । नेसनल गेटवे खरिद प्रकरणमा भएको भ्रष्टाचार मुद्दामा सचिव मधु...

Image

रोजगारी सृजनालाई सर्वोत्कृष्ट सामाजिक कल्याणकारी नीति मानिन्छ । रोजगारीले आर्थिक तथा सामाजिक रुपमा प...

Image

त्यस्तै, नेपाल लेखापरीक्षण सेवाको समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बैकुण्ठ बहादुर...

Image

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधा...

Image

हालसम्म ९ हजार ५०० मेगावाटको पीपीए सम्पन्न भएको र थप १० हजार मेगावाट प्रक्रियामा रहेको तथा हालसम्म न...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४