शीर्षकहरू

दैलेखमा आगलागीबाट तीन करोड बढीको क्षति

दैलेखमा आगलागीबाट तीन करोड बढीको क्षति

दैलेखको नारायण नगरपालिका–१ स्थित मोटरसाइकल अटोपार्ट्सबाट सुरु भएको आगोले तीनवटा पसलमा क्षति पुगेको छ । ग्यारेजबाट सुरु भएको आगो सल्किँदै अन्य २ पसलमा पनि पुगेको थियो ।

आगलागीबाट साजन अटोपार्टस, सम्झना इन्टरप्राइजेज र सम्झना फोटो स्टुडियोमा पूर्ण क्षति पुगेको छ ।

मंगलबार दिउँसो १ बजेदेखि सुरु भएको आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा करिब ३ घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ ।