शीर्षकहरू

चार सय रुपैयाँले घट्यो सुनको मूल्य

चार सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । प्रतितोला एक लाख ३१ हजार ६ सय रुपैयाँ पुगेको सुनको मूल्य आज भने ४ सय रुपैयाँले घटेको हो ।     

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३१ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३० हजार ५५० सय रुपैयाँ रहेको छ ।                                     

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ५३५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ५४५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।