बजेट अभावमा चार सिँचाइ योजना अलपत्र

२९ माघ २०८०

cover image

तनहुँ । बजेट विनियोजन कार्यले निरन्तरता नपाउँदा जिल्लाका चार सिँचाइ योजना अलपत्र बनेका छन् । योजना निर्माणका लागि ठेक्का लागे पनि बजेट विनियोजन नहुँदा योजना अलपत्र परेको सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । 

व्यास नगरपालिका–५ को साँघे पतेनी सिँचाइ योजना, बन्दीपुर गाउँपालिका–३ कोलपाटा लिफ्ट सिँचाइ योजना, ऋषिङ गाउँपालिका–५ को अठारबिसे र व्यास–५ को याम्दी खोला चापटार लिफ्ट योजना रहेका छन् । गत वर्ष बजेट विनियोजन भए पनि यस वर्ष बजेट विनियोजन नहुँदा निर्माण कार्य प्रभावित भएको सिँचाइ विकास डिभिजन कार्यालयका इञ्जिनियर एवं सूचना अधिकारी जगन्नाथ चापागाईंले जानकारी दिए ।

रु ५८ लाख निर्माण कम्पनीलाई भुक्तानी गर्न बाँकी रहेको उहाँले बताउनुभयो । बजेटका कारण निर्माणधीन योजनाको कार्य अघि बढाउन नसक्दा सिँचाइ कार्य प्रभावित बनेको छ । “भौगोलिक विकटताका कारण अधिकांश स्थानमा पानीको स्रोत नहुँदा सिँचाइ योजना महँगो हुने गरेको छ”, उनले भने, “अधिकांश पाखोबारी बाँझो रहेकाले सिँचाइको पहुँच पु¥याइ स्थानीयको जीवनस्तरमाथि उकास्ने लक्ष्य रहेको छ ।” 

विशेषगरी मुख्य योजनाका रुपमा दुई योजना रहेका छन् । व्यास–१० को नारेश्वर ताल जलाशय योजनाका लागि रु एक करोड ९४ लाखमा ठेक्का लागेको छ । त्यसैगरी शुक्लागण्डकी नगरपालिका–९ मा बस्ती संरक्षणका लागि रु एक करोड ८९ लाख बजेट विनियोजन गरिएको छ । गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारबाट विनियोजित बजेटबाट गत वर्ष एक सय ४३ योजनामध्ये ८६ योजना निर्माण सम्पन्न भएका छन् । स्रोत सुनिश्चितता भई ठेक्का प्रक्रियाबाट काम भइरहेका योजनाका लागि कम बजेट विनियोजन हुँदा निर्माण कार्य प्रभावित हुने गरेको सूचना अधिकारी चापागाईंले जानकारी दिए ।   

Image

रुख कटानसँगै सडक विस्तारको काम सुरु भइसकेको एसियाली विकास बैंक आयोजना कार्यालय दमकका प्रमुख सुनिलबाब...

Image

मेरिङ्देन गाउँपालिकाको पहल तथा समन्वयमा नौ किलोमिटिर सडक कालोपत्र गर्न लागिएको गाउँपालिकाले जनाएको छ...

Image

निर्माण कम्पनीले मूल्य अभिवृद्धि करबाहेक रु दुई अर्ब ७८ करोड २९ लाखमा नेपालगञ्ज–गुलरिया सडक विस्तार ...

Image

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले सङ्घीयले पठाएको टुक्रे योजना...

Image

लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक दुई लेन बनाएर छ दशमलव पाँच किलोमिटर सडक कालोपत्र ...

Image

जिल्लाका सातवटै पालिकामा गरी २० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय पर...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४