शीर्षकहरू

बिटक्वाइनको मूल्य दुई वर्षकै उच्च विन्दुमा

बिटक्वाइनको मूल्य दुई वर्षकै उच्च विन्दुमा

एजेन्सी । विश्वकै उच्च मूल्यवान क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य मंगलबार दुई वर्षकै उच्च विन्दुमा पुगेको छ । प्रारम्भिक एसियाली व्यापारमा यसको मूल्य ५७ हजार ३६ अमेरिकी डलरसम्म पुगेको छ ।

 जबकि यसको मूल्य नोभेम्बर २०२१ पछि लगातार घट्दा एक्सचेन्ज-ट्रेडेड फन्ड मा ४० हजार डलर भन्दा भन्दा तल खसेको थियो। मंगलबार भने पछिल्लो २४ घण्टामा ९ प्रतिशतले बढ्दा दुई वर्ष यता कै नयाँ रेकर्ड बनाएको हो ।

विश्लेषकहरूले भर्खरको वृद्धिको श्रेय एक्सचेन्ज-ट्रेडेड फन्ड (इटीएफएस) मा भएको प्रवाहलाई दिन्छन्। जसले सोमबार व्यापारिक मात्रामा पनि रेकर्ड-उच्च २.४ अर्ब डलरको कारोबार गरेको छ । इटीएफएसले खुद्रा लगानीकर्ताहरूलाई बिटक्वाइनलाई अप्रत्यक्ष रूपमा खरिद गर्न र बेच्न अनुमति दिन्छ जुन एक्सचेन्जहरूमा व्यापार गरिन्छ।

बजारका ठूला खेलाडीहरूबाट बिटक्वाइनमा बढ्दो चासोले पनि यसलाई उत्प्रेरित गरेको विज्ञहरूको बुझाई रहेको छ । एक ठूलो क्रिप्टो लगानीकर्ता सफ्टवेयर कम्पनी माइक्रोस्ट्राट्रेजीले लगभग १५५ मिलियन डलरमा लगभग ३ हजार बिटक्वाइनहरू खरिद गरेको सोमबार खुलासापछि यसको मूल्य आकासिएको हो । सामाजिक सञ्जाल प्लेटफर्म रेडिटले हालसालै बिटक्वाइन र धेरै साना टोकनहरूमा आफ्नो केही अतिरिक्त नगद लगानी गरेको पनि बताएको छ।