शीर्षकहरू

भैरहवामा एक सयभन्दा बढीको समानमा भन्सार

भैरहवामा एक सयभन्दा बढीको समानमा भन्सार

भैरहवा ।  भारतबाट ल्याइने एक सय रुपैया भन्दा बढीको समानमा भैरहवा भन्सार कार्यालयले अनिवार्य भन्सार महशुल लिन थालेको छ । भन्सार नियममा रहे पनि यस अघि भन्सार कार्यालयले यसमा कडाई गरेको थिएन । भन्सार कार्यालयले लक्षित राजस्व नभेटेको र यो ब्यवस्थाका कारण आन्तरिक बजार सुधार हुने भन्दै भन्सारले अहिले यो ब्यवस्था कडाईका साथ लागु गरेको छ । यसले सर्वसाधारण उपभोक्तामा सास्ती ल्याएको छ भने सीमावर्ती ब्यवसायीहरुलाई हर्षित बनाएको छ ।

भैरहवा भन्सार कार्यालयको यात्रु शाखामा अहिले सेवाग्राहीहरुको चाप बढेको छ । १ सय रुपैया भन्दा बढीको समानमा यात्रुहरुको स्वघोषणाको आधारमा भन्सार लिने गरिएको छ । भारतीय बजारमा दैनिक उपभोग्य बस्तु सहित लत्ता कपडा खरिद गर्नेहरुको घुईचो लाग्ने गरेको छ ।

 भन्सार कार्यालयले दैनिक सुनौली जाने उपभोक्ता लक्षित गरि गरेको कडाईका कारण उपभोक्ताहरु मारमा परेको गुनासो गर्ने गरेका छन् । सीमावर्ती क्षेत्रमा दैनिक उपभोग्यमा समान खरिद गर्नु सामान्य रहेको बताउदै न्यूनतम सीमा १ सय रुपैयाबाट बढाउनु पर्ने उपभोक्ताहरुको माग रहेको छ ।