शीर्षकहरू

भारतले हटायो प्याज निर्यातमाथिको प्रतिबन्ध

भारतले हटायो प्याज निर्यातमाथिको प्रतिबन्ध

काठमाडौं । भारतले गएको मंसिरदेखि प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ ।

भारतले प्याजको मूल्य अचाक्ली बढेको समयमा २०८० भदौमा प्याज निर्यातलाई निरुत्साहित गर्न ४० प्रतिशत भन्सार शुल्क लगाएको थियो । तर निर्यात नरोकिएपछि मंसिर २१ गते सूचना जारी गर्दै भारत सरकारले घरेलु माग पूरा गर्न र आन्तरिक बजारमा प्याजको मूल्य कम गर्न प्याज निर्यातमा प्रतिबन्ध लगाएको घोषणा गरेको थियो । 

भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्धको असर नेपालमा पनि परेको थियो । नेपालमा भारतबाट ठूलो मात्रामा प्याज आयात हुन्छ । आयात रोकिएपछि नेपाली बजारमा प्याजको मूल्य आकाशिएको थियो ।

प्याजको उत्पादन बढेसँगै भारतले शनिबारदेखि लागू हुनेगरी निर्यात प्रतिबन्ध फुकुवा गरेको हो । यद्यपि, भारतमा कतिपयले बीजेपी सरकारको उक्त निर्यातलाई चुनावी रणनीति भएको भन्दै टिप्पणी गरेका छन् ।