शीर्षकहरू

बढ्यो सुनको मूल्य, चाँदीको भने घट्यो

बढ्यो सुनको मूल्य, चाँदीको भने घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो प्रतितोला एक लाख ३८ हजार ६ सय रुपैयाँ रहेको सुनको मूल्य आज ७ सय रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३९ हजार ३ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३८ हजार ६५० सय रुपैयाँ रहेको छ ।                                     

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ७२५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ७२० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।