शीर्षकहरू

अन्तरराष्ट्रिय पुरस्कारबाट नेपाल चिया विकास निगम सम्मानित

अन्तरराष्ट्रिय पुरस्कारबाट नेपाल चिया विकास निगम सम्मानित

काठमाडौं । नेपाल चिया तथा कफि विकास बोर्डको आयोजना तथा उद्योग वाणिज्य संघ चितवन, होटल व्यवसायी संघ चितवन तथा भरतपुर महानगरपालिकाको सह–आयोजनामा नारायणी  नदीको  किनारमा  नेपालमा  उत्पादित  चियाहरुको  वृहत  प्रदर्शनी  तथा  टी  टेस्टिङ्ग कार्यक्रम भएकोे छ । आठौं एशिया टी कम्पिटिसन २०२३ को चिया गुणस्तरमा गोल्ड विजेता नेपाल चिया विकास निगम लिका कार्यकारी अध्यक्ष सुभाष चन्द्र संघईलाई मन्त्रीले सम्मानित गरेका छन ।

मेलामा चिया क्षेत्रमा कृयाशिल विभिन्न संघ संस्थाको सहभागिता तथा विभिन्न चिया उत्पादक कम्पनीहरुले आफ्नो उत्पादनको प्रदर्शनी एवं टेष्टिङ्ग कार्यक्रम भएकोे छ । प्रदर्शनीको  उद्घाटन कृषि  तथा पशुपंक्षी  विकास  मन्त्री डा.  वेदुराम  भुषालले गर्नु  भएको  र सो कार्यक्रममा आठौं एशिया टी कम्पिटिसन २०२३ को चिया गुणस्तरमा गोल्ड विजेता नेपाल चिया विकास निगम लिका कार्यकारी अध्यक्ष सुभाष चन्द्र संघईलाई मन्त्रीले सम्मानित गरेका छन । सो कम्पिटिसनमा नेपाल चिया  विकास निगम लिको कन्याम वगानको चियाले गोल्ड विजेता पाएको हो । 

प्रत्येक  साल  चिनमा  विश्वभरीका  १७  चिया  उत्पादन  गर्ने  देशहरु  बिच  हुने  यस  प्रतियोगितामा नेपालको तर्फबाट नेपाल चिया विकास निगम लिले सहभागिता जनाएको थियो र निगमको कन्याम चिया वगानले २०२३ को उत्कृष्ट चिया भनेर गोल्ड विजेता पाएको हो ।

निगमले झापा र इलाममा रहेको आफ्नै ७ वटा चिया वगानहरुबाट उत्पादित चिया नेपालीहरु माझ निकै नै लोकप्रिय तथा अन्र्तराष्ट्रिय स्तर मै चिर–परिचित टोकला चियाको उत्पादन तथा बिक्री वितरण गरिरहेको छ । कम्पनीको अनुसार यस पुरस्कारले नेपाली चियालाई अन्र्तराष्ट्रिय बजारमा थप चिनाउन र प्रवद्र्धन गर्न निकै ठूलो टेवा दिने छ ।