शीर्षकहरू

अभियान लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने

अभियान लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । वैशाख ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्दै आगामी साधारण सभाबाट पारित गराउन नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय पनि कम्पनीले गरेको छ । कम्पनीले सर्वसाधारणमा २०७९ साल साउन ३० गते आईपीओ बाँडफाँट गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी २५ करोड रूपैयाँ रहेको छ । 

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा ६ करोड ४७ लाख रूपैयाँभन्दा बढी रहेको छ भने रिटर्न अर्निग १२ करोड ८२ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । सो अवधिसम्म कम्पनी ४९ रूपैयाँ ९७ हजार पैसा प्रतिशेयर नोक्सानीमा रहेको छ ।