शीर्षकहरू

आजको मन्त्रिपरिषद्का निर्णयहरु

आजको मन्त्रिपरिषद्का निर्णयहरु

काठमाडौं ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशको प्रमुख सचिव पदमा सहसचिव गोविन्द बहादुर कार्कीलाई कायम मुकायम प्रदेश प्रमुख सचिवको पदमा कामकाजमा खटाउने निर्णय भएको छ । त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय भएको सरकारको प्रवक्ता रेखा शर्माले जारी गरेको विज्ञप्तिमा उलेख छ । 

त्यस्तै, नेपाल लेखापरीक्षण सेवाको समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बैकुण्ठ बहादुर अधिकारीलाई बढुवा गर्ने निर्णय भएको छ । नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा केदारनाथ शर्मालाई बढुवा भएका छन् ।राष्ट्रिय मानवअधिकार आयोगको सचिवमा मुरारी प्रसाद खरेललाई नियुक्त भएका छन् ।