शीर्षकहरू

आज काठमाडौँका यी क्षेत्रमा दिनभर बिजुली बन्द हुने

आज काठमाडौँका यी क्षेत्रमा दिनभर बिजुली बन्द हुने

काठमाडौं । आज काठमाडौँका विभिन्न ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल बिद्युत् प्राधिकरणका अनुसार विभिन्न ठाउँका फिडरहरू सटडाउन गरेर मर्मत कार्य गर्नु पर्ने भएकोले विद्युत् सेवा बन्द हुने भएको हो ।

सूचना अनुसार रत्नपार्कको वितरण केन्द्रको अनामनगर, जोरपाटी वितरण केन्द्रको मुलपानी र डांछी फिडरअन्तर्गत पर्ने ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । सो क्षेत्रमा पर्ने लोकसेवा कार्यालयको पानी ट्याङ्की, सिंहदरबारको पूर्वी गेट अनामनगर हुँदै न्युरो हस्पिटल, प्रभु बैंकका साथै धोबीखोलादेखि मैतीदेवी, घट्टेकुलो क्षेत्रमा साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ ।

त्यसैगरी,  प्राधिकरणका अनुसार डांछी फिडरअन्तर्गत शिवचोक, अर्याल गाउँ, दक्षिण ढोका, होटल नोर्लिङ,ग्रिन हिल सिटी क्षेत्रमा बिहान १० बजेदेखि मध्याह्न साढे १२ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ । प्रधिकरणका अनुसार उल्लेखित क्षेत्र बाहेक मूलपानी फिडरअन्तर्गत बाबाचोक, मूलपानी चउर, मिलन चोक, फुयाँल गाउँ, तिवारी टोल, गोकर्ण फरेस्ट रिसोर्ट, थलीलगायतका स्थानमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।