शीर्षकहरू

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले फागुन २० गते साधारण सभा गर्ने

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले फागुन २० गते साधारण सभा गर्ने

काठमाडौं । आइजीआई प्रुडेन्सिय इन्स्योरेन्स लिमिटेडले फागुन २० गते २६औं वार्षिक साधारण सभा बोलाएको छ । माघ २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लैनचौर बैंक्वेट, लैनचौर, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । साथै संस्थापक समूहबाट चार जना र सर्वसाधारण समूहबाट दुई जना सञ्चालक निर्वाचन समेत सभाले गर्नेछ । 

निर्वाचन सम्बन्धि कार्यक्रम निर्वाचन अधिकृतले कम्पनीको प्रधान कार्यालय नक्सालमा सूचना पाटिमा प्रकासन हुने जानकारी कम्पनीले दिएको छ । यस वर्ष कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन् । साविक आइएमई जनरल इन्स्योरेन्स र पुडेन्सियल इन्स्योरेन्स एक आपसमा गाभिएर आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स बनेको हो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १० गतेदेखि साधारण सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन ९ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।