शीर्षकहरू

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुिक्त

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुिक्त

काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्सले चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुिक्त भएका छन । कम्पनीको सञ्चालक समितिले निर्णय गरेर चौलागाईलाई चिफ मार्केटिङ अफिसरमा नियुक्त गरेको हो ।

बीमा क्षेत्रमा करिब १८ वर्ष लामो कार्य अनुभव हासिल गरेका चैलागाई कम्पनीको चिफ मार्केटिङ अफिसरको रुपमा नियुक्त भएका हुन् । नवनियुक्त चिफ मार्केटिङ अफिसर यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख व्यापार अधिकृतको रुपमा काम गरिसकेका व्यक्ति हुन ।

व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका चौलागाईं सानिमा लाईफ इन्स्योरेन्समा पुनर्बीमा विभाग, अनुसन्धान तथा विकास विभाग, बजार व्यवस्थापन विभाग र प्राईम लाइफ इन्स्योरेन्समा प्रदेश प्रमुख, शाखा प्रमुखको समेत अनुभव रहेको छ ।