सूर्य ज्योतिको अभिकर्ता 'प्रोडक्ट एम्बास्डर'

१४ बैशाख २०८१

cover image

काठमाडौं । सूर्य ज्योतिसँग आवद्ध मापदण्ड पुरा गरेका देशैभरिका अभिकर्ताहरूमध्येबाट एक वर्षका लागि कम्पनीले प्रोडक्ट एम्बास्डर बनाउदै आएको छ । प्रोडक्ट एम्बास्डर भएका व्यक्तित्वहरुको फोटो राखी कम्पनीको विज्ञापन समाग्रीहरु कम्पनीले प्रयोग गर्ने विभिन्न संचार माध्यमहरू तथा सामाजिक संजाल मार्फत देशव्यापी रुपमा प्रचार –प्रसार गर्नुका साथै कम्पनीका देशै भरि रहेका शाखा कार्यालयहरुको विशेष स्थानमा उनीहरुको फोटो अंकित व्यानर, विज्ञापन बोर्ड,फ्लायर,लिफलेट तथा पम्पलेट राखी कम्पनीको प्रचार प्रसार गर्ने गरिएको छ । 

कम्पनीले गरेको यो नीतिले अभिकर्ताहरुको मान–सम्मान, इज्जत एवं प्रतिष्ठामा वृद्धि हुने, समाजमा उनिहरु प्रतिको विश्वसनियता बढ्ने, व्यवसाय तथा वृत्ति विकासमा टेवा पुग्ने र आम्दानीमा समेत उल्लेखनिय वृद्धि हुने भएकाले कम्पनीमा आवद्ध सबै अभिकर्ताहरु माझ यो अभियान उत्कृष्ट र लोकप्रिय भएको हो । यो किसिमको सम्मानले सम्बन्धित विजेता एवं समस्त अभिकर्ताहरुको व्यवसायिक मनोवलमा वृद्धि भई सकारात्मक प्रतिस्पर्धाको वातावरण श्रृजना भएको हो । 

चालु आवमा यस कम्पनीका बुटवल–पाल्पा रोड शाखाका  कमल प्रसाद घिमिरे, कोहलपुर शाखाका  गौरव कुमार शाही तथा महाराजगंज शाखाका  सृजना पन्तले क्रमशः चौरासी पुजा जीवन बीमा योजना, सुरक्षित भविश्य जीवन बीमा योजना र सावधिक जीवन बीमा योजनाका लागि प्रोडक्ट एम्बास्डर को उपाधि प्राप्त गर्न सफल भइसक्नु भएको छ ।

कमल प्रसाद घिमिरे
जीवन बीमालाई विशुद्ध समाज सेवा गर्ने माध्यमको रुपमा आफुले लिएको र बीमा सचेतना अभिवृद्धि गर्दै धेरै भन्दा धेरै जनालाई बीमा गराउने उद्देश्य लिनु भएका घिमिरेलाई प्रोडक्ट एम्बास्डर बनेपछि समाजमा छुट्टै पहिचान बनेको कम्पनीले दावी गरेको छ ।  

बीमा योजनाको ब्रोसर, मोबाइल एप्स तथा वेवसाइटमा समेत आफ्नो फोटो देखेपछि बीमा गर्ने व्यक्तिहरुले सजिलै विश्वास गर्ने वातावरण भएको र बीमा क्षेत्रमा थप सफलता प्राप्त गर्न सहज भएको बताउनुका साथै कम्पनीले आयोजना गर्ने विभिन्न कार्यक्रमहरुमा सम्मान प्राप्त हुँदा काम गर्न थप प्रोत्साहन मिलेको बताए ।

गौरव कुमार शाही
प्रोडक्ट एम्बास्डर बने पछि नयाँ परिचय थपिएको, सफल अभिकर्ता बन्न सहयोग भएको, विभिन्न शाखाहरुमा क्रस स्ट्याण्डमा फोटो हुने, ब्रोसर, मोबाइल एपस तथा वेसाइट हरुमा समेत फोटो आउने भएकाले बीमितहरुको बिचमा कम्पनीको आधिकारीक अभिकर्तारव्यक्ति हो । अनुभूति हुनुका साथै मानिसहरुलाई आफ्नो परिचय दिन सजिलो भएको र फोटो देखेर मानिसहरुले प्रशंसा गर्ने र त्यस्ता व्यक्तिहरुलाई बीमा गराउन झन सजिलो भएको बताए ।

 विगत ३÷४ वर्षदेखि लगातार विभिन्न बीमा योजनाको प्रोडक्ट एम्बास्डर सफल भएको र यसको फाइदा आफुले राम्रोसँग अनुभुत गरेकाले आगामी दिनमा अरु बीमा योजनाको प्रोडक्ट एम्बास्डरमा समेत आफ्नो दावेदारी रहने बताउँदै यस्ता योजनाले अभिकर्ताहरुमा थप उर्जा प्राप्त हुनुका साथै सफलता चुम्न सहज हुने कुरामा आफु ढुक्क रहेको बताए ।

सृजना पन्त
प्रोडक्ट एम्बास्डर बनेर सम्मान पाउँदा एकदमै गर्व महशुस भएको छ । यो अभियानले गर्दा कम्पनीलाई माया गरेर काम गर्ने एजेन्सीहरुले आपूm र आफ्नो कम्पनी प्रति गर्व गर्ने अवसरको रुपमा लिएको बताए । प्रोडक्ट एम्बास्डर बने पछि उहाँलाई आफन्त, साथीभाई र समाजले हेर्ने दृष्टीकोणमा नै फरक पाएको बताउछन ।

यो क्षेत्रमा पैसा मात्र होइन, सामाजिक प्रतिष्ठा र सम्मान कमाउन सकिने रहेछ भने प्रस्ट उदाहरण बनेको छ । कतिले सोध्नुहुन्छ कसरी यति ठूलो कम्पनीको पेजमा तपाईको फोटो आएको? कम्पनीले ब्रान्डीङ्ग गरेकोलेसमाजमा विश्वास बढेको,व्यवसाय गर्न सहज भएको र आत्मविश्वास बढ्नुका साथै अझै बढि जिम्मेवार बनाएको छ । 

प्रमुख कार्यकारी अधिकृत,प्रकाश विक्रम खत्रीले कम्पनीद्वारा प्रदान गरिएको यो  मुल्यवान अवसर मार्फत अभिकर्ताहरुले मेचीदेखि महाकालीसम्म रहेका दुरदराजका गाउँगाउँका हरेक घरसम्म पुगेर आफ्नो क्षमताहरू प्रदर्शन गरि मनोबल उच्च बनाउने अभियान रहेको बताए । 

हरेक नेपालीहरुको मन मुटुमा जोडिएर विश्वसनीयता स्थापित गरि आफ्नो व्यवसाय वृद्धिमा अवश्य सहजता हुने कुरामा आफू विश्वस्त रहेको कुरा बताए । साथै सूर्य ज्योतिको प्रोडक्ट एम्बासडरको रुपमा आफूलाई स्थापित गरि आफ्नो आर्थिक र सामाजिक प्रतिष्ठा बढाउन देशभरि जीवन बीमा क्षेत्रमा सेवा प्रदान गरिरहेका सबैलाई धन्यवाद गरे । 

Image

सीईओका लागि आवेदन दिन व्यवस्थापकीय नेतृत्वमा रहेर ५ वर्ष काम गरेको हुनुपर्नेछ ।

Image

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी श...

Image

कम्पनीले बोनस शेयर वापत १ अर्ब ६ करोड २५ लाख रूपैयाँ र नगद लाभांश वापत ५ करोड ५९ लाख २१ हजार रूपैयाँ...

Image

इन्स्योरेन्सले बुआ केयरको प्राविधिक सहयोगमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । स्व...

Image

कम्पनीले बोनस शेयर वापत १ अर्ब ६ करोड २५ लाख रूपैयाँ र नगद लाभांश वापत ५ करोड ५९ लाख २१ हजार रूपैयाँ...

Image

सोमध्यमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३१ प्रतिशत नगद लाभांश रहेको छ । यसअघि भने ...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४