शीर्षकहरू

सिटिजन लाइफको प्रस्तावित अन्तरिम लाभांश रद्द

सिटिजन लाइफको प्रस्तावित अन्तरिम लाभांश रद्द

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको अन्तरिम लाभांश रद्द गरेको छ । वैशाख २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको शेयर प्रिमियम रकमबाट हाल कायम चुक्तापूँँजी ३ अर्ब ९३ करोड ७५ लाख रूपैयाँको आधारमा २६ दशमलव ९८ प्रतिशत बोनस शयर र कर प्रयोजनका लागि १ दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

 कम्पनीले बोनस शेयर वापत १ अर्ब ६ करोड २५ लाख रूपैयाँ र नगद लाभांश वापत ५ करोड ५९ लाख २१ हजार रूपैयाँ बराबर वितरण गर्ने प्रस्ताव गरेको थियो । ननेपाल बीमा प्राधिकरणले वैशाख २४ गते उक्त लाभांश वितरण नगर्न निर्देशन दिएसँगै वैशाख २५ गते विहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले घोषित लाभांश रद्द गर्ने निर्णय गरेको हो । 

कम्पनीले ५ अर्ब चुक्तापूँँजी कायम गर्नुपर्ने अवस्थामा अन्तरिम लाभांशमार्फत पूँजी बढाउन लागेको थियो । प्राधिकरणले एकै वर्ष दुई पटक लाभांश वितरण गर्न नपाउने भन्दै रद्द गर्न निर्देशन दिएको हो । कम्पनीले गत आर्थिक वर्ष ०७९÷८० को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ ।