शीर्षकहरू

नेपाल लाइफको सहायक कम्पनीका लागि सीईओ माग

नेपाल लाइफको सहायक कम्पनीका लागि सीईओ माग

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सहायक कम्पनी नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनीका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि आवेदन खुलाएको छ ।

कम्पनीले सूचना जारी गर्दै २१ मे २०२४ सम्म आवेदन दिइसक्नुपर्ने गरी दरखास्त आह्वान गरेको हो ।

४५ वर्ष उमेर नकटेको अर्थशास्त्रमा स्नात्तोकोत्तर गरेको व्यक्तिले सीईओको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्तिमा १० वर्ष उद्योग/वाणिज्य/पूँजी बजार/बैंकिङ तथा वित्तीय संस्थाको क्षेत्रमा लेखा/वित्त/व्यवस्थापनमा अनुभव भएको इच्छुक व्यक्तिले आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ । 

साथै सीईओका लागि आवेदन दिन व्यवस्थापकीय नेतृत्वमा रहेर ५ वर्ष काम गरेको हुनुपर्नेछ ।