शीर्षकहरू

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । लाभांश संशोधन पछि कम्पनीले हाल कायम चुक्ता पूँजीको कुल २६ दशमलव १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

सोमध्यमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३१ प्रतिशत नगद लाभांश रहेको छ । यसअघि भने कम्पनीले २५ प्रतिशत बोनस शेयर र करसहित ९ दशमलव ५० प्रतिशत नगद गरी कुल ३४ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

कम्पनीले प्रस्तावित बोनस शेयरलाई यथावत राख्दै नगद लाभांश घटाएको हो । इन्स्योरेन्स नियामक नेपाल बीमा प्राधिकरणले हाललाई कर प्रयोजन बाहेक अन्य कुनै पनि नगद लाभांश वितरण नगर्न निर्देशन दिएपछि लाभांश संशोधन गरिएको कम्पनीले बताएको छ । उक्त प्रस्तावित लाभांश नियामक नेपाल बीमा प्राधिकरण र कम्पनीकोे आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।