सिएफमोटो र जिहोका मोटरसाइकल र स्कुटर नेपाली बजारमा, मूल्य कति ?

१२ बैशाख २०८१

cover image

काठमाडौं । सिएफमोटो र जिहाे ब्राण्डको नेपालका लागि आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले मोटरसाइकल तथा स्कुटर नेपाली बजारमा ल्याएको छ । कम्पनीले जिहो ब्राण्डका विद्युतीय स्कुटरहरू नेपाली बजारमा सार्वजनिक गरेको हो । 

यस अन्तर्गत सिएफमोटोका एनके २५० फन, एसआर २५० फन र एनके ४५० मोडलहरू रहेका छन् । जिहोको एईसिक्सप्लस र एईसिक्सप्लस लङ रेञ्ज मोडलका विद्युतीय स्कुटर र सिटी स्पोर्ट नामक विद्युतीय बाइक रहेका छन् । 

नेपालमा यी ब्राण्ड ऋषि ट्रेड सेन्टरले आफ्नो पूर्ण व्यवस्थापनको साथ गत वर्ष सञ्चालनमा ल्याएसँगै सिएफमोटो ब्राण्ड र यस अन्तर्गतको जिहो ब्राण्डका इलेक्ट्रिक मोबिलिटीले समेत राम्रो रफ्तार लिएको देखिन्छ । 

नयाँ सिएफमोटो बाइकहरूमा २५० एनकेको मूल्य ५ लाख ९९ हजार ९ सय रुपैयाँ, २५० एसआरको मूल्य ६ लाख ७४ हजार ९ सय रुपैयाँ र ४५० एनकेको मूल्य ११ लाख १९ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ । जिहोका मूल्य ३ लाख ४४ हजार ९ सय रुपैयाँदेखि ३ लाख ४९ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ ।   

 

Image

पूर्व अर्थमन्त्री डा महतले विद्युतीय सवारीसाधनमा कर छुट दिँदा सरकार ठगिएको, व्यवसायीले गलत फाइदा उठा...

Image

रसुवागढी नाकाबाट पहिलोपटक एउटै लस्करकासाथ ठूलो सङ्ख्यामा विद्युतीय कार भित्रिएको स्थानीयले बताएका छन...

Image

कम्पनीले आजै भुक्तानी सेवा प्रदायक आईएमई पेसँग सहकार्य गर्ने घोषणा गरेको छ । इन्ड्राइभले हाल यो सेवा...

Image

विद्युतीय गाडीले पेट्रोल/डिजेल गाडीको बजारविरुद्ध बलियोसँग धाबा बोलेको देखिन्छ । पेट्रोल/डिजेल गाडीक...

Image

विभिन्न मितिमा हराएका २४ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनील...

Image

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४