शीर्षकहरू

‘इन्ड्राइभ’ले चालकबाट १० प्रतिशत सेवा शुल्क लिने

‘इन्ड्राइभ’ले चालकबाट १० प्रतिशत सेवा शुल्क लिने

काठमाडौं । राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट सेवा सुरु गरेको छ । आज यहाँ आयोजित शुभारम्भमा इन्ड्राइभ नेपालका निर्देशक रीता पोखरेलले आजबाट औपचारिक रुपमा सेवा सुरु भएको जानकारी दिएकी हुन् । 

उनले भनिन्, “हामीले केही वर्ष परीक्षणका लागि सेवा सुरु गरेका थियौँ, केही कानूनी प्रक्रिया पूरा गरी आजदेखि औपचारिकरुपमा सेवा सुरु गरेका छौँ ।”

उनले केही समयपछि चालक र यात्रुको बीमा पनि गरिने बताए । उनले राइडरहरुले सेवा उपयोग गरे वापत कम्पनीलाई १० प्रतिशत सेवा शुल्क बुझाउनुपर्ने समेत जानकारी दिइन् । उनका अनुसार इन्ड्राइभले काठमाडौं उपत्यकामा ट्याक्सी, मोटरसाइकल, डेलिभरी सेवाहरु दिँदै आएको छ ।  

कम्पनीले आजै भुक्तानी सेवा प्रदायक आईएमई पेसँग सहकार्य गर्ने घोषणा गरेको छ । इन्ड्राइभले हाल यो सेवा काठमाडौं, पोखरा, भरतपुर उपलब्ध हुने र आगामी दिनमा अन्य सहरमा पनि सेवा बिस्तार गर्दै जाने कम्पनीको भनाइ छ । कम्पनीले राइड सेयरिङबाहेक, कुरियर, कार्गो सेवा पनि उपलब्ध गराउने निर्देशक पोखरेलको भनाइ छ ।