काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला राजेन्द्र पिठाकोटीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको हो ।
सानिमा बैंकको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक मुना पौडेलले संयुक्त रुपमा बीमा रकम हस्तान्तरण गरेका हुन् । दुर्घटनाका कारण मृत्यु भएका राजेन्द्र पिठाकोटीले सानिमा बैंकको हेटाैडा शाखामा सानिमा सुपर सेभिङ्ग खाता खोलेका थिए ।
सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, १० हजार रुपैयाँसम्मको ओपिडि भुक्तानी शुल्क सहितको ५० हजार रुपैयाँसम्मको औषधी उपचार बीमा र ५ हजार रुपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधाका साथै अन्य सेवाहरुमा छुट प्रदान गर्दै आइरहेको छ ।