काठमाडौं। नेपाल हाइड्रो डेभलपरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वर्तमान प्रमुख कार्यकारी अधिकृतलाईनै पुनः नियुक्त गरिएको छ।
फागुन १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वर्तमान सीईओ शेषकुमार ढुङ्गानालाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो।
फागुन २० गतेदेखि लागू हुने गरी ढुङ्गानालाई कम्पनीको सीईओमा पुनः नियुक्त गरिएको जानकारी कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत गराएको छ।
ढुङ्गानालाई आगामी तीन वर्षे कार्यकालका लागि पुनः नियुक्त गरिएको भनाई कम्पनीको छ।