एमजिसँग आकर्षक उपहार नामक योजना सार्वजनिक

३० चैत्र २०८०

cover image

काठमाडौं । एमजिको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रालिले नेपाली नयाँ वर्षलाई लक्षित गरेर ग्राहकमहानुभावहरुको लागि ‘नयाँ वर्ष २०८१को बहार एमजिसँग आकर्षक उपहार’ नामक योजना सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत ग्राहकहरुले ७ लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । अफर अन्तर्गत एमजिको  ईभि मोडलमा ग्राहकहरुले निःशूल्क टायर, ७ किलोवाटको एसि चार्जर, र चालू आर्थिक वर्षको सडक करमा छुट जस्ता विभिन्न फाईदाहरु लिनसक्नेछन् ।
 
सय वर्षलामो इतिहास बोकेको विश्वव्यापी रुपमा चर्चा कमाउन सफल बेलायति ब्रण्ड एमजिले नेपालमा पनि अत्याधुनिक प्रविधि, किफायति मूल्य, सहज यात्रा र वातावरण मैत्री विशेषताहरुले गर्दा लोकप्रियता कमाउदै आएको छ ।

 ३०० भन्दा धेरै दक्ष इन्जिनियरहरुले युरोपेली ईन्जिनियरिङ्ग प्राविधिक केन्द्रमा परिक्षण गरेर निर्माण गरेका एमजिका सवारी साधनहरु यूरोपेली कानून र ग्राहकहरुको मागको उचित सम्बोधन गर्नमा प्रसिद्ध छ । यसका साथै एमजि सवारी साधनका सम्पूर्ण भित्री तथा बाहिरी डिजाईनहरु बेलाएतका प्रख्यात डिजाईनर तथा इन्जिनियरहरुले गर्छन् ।

अहिले नेपालमा एमजि ४ ईभि, जेडएस ईभि, कोमेट ईभिगरी ३ विद्युतिय सवारी र हेक्टर, एचएस, र एसटर गरी ३ ईन्धन÷हाइब्रिड सवारीहरु उपलब्ध छन् । यी सबै सवारीहरुमा कम्पनीले फरक फरक अफरहरु उपलब्ध गराएकोछ । कम्पनीको अनुसार एमजिका गाडीहरुमा अधिक्तम ७ लाखको नगद छुटसंगै ७ किलोवाटको चार्जर, अतिरिक्त टायर, र चालू आर्थिक वर्षको सडक करमा छुट जस्ता थुप्रै फाइदाहरुयस योजनामा समावेश छ र  यो योजनामा सर्तहरु पनि लागू हुँनेछ।

Image

रसुवागढी नाकाबाट पहिलोपटक एउटै लस्करकासाथ ठूलो सङ्ख्यामा विद्युतीय कार भित्रिएको स्थानीयले बताएका छन...

Image

कम्पनीले आजै भुक्तानी सेवा प्रदायक आईएमई पेसँग सहकार्य गर्ने घोषणा गरेको छ । इन्ड्राइभले हाल यो सेवा...

Image

विद्युतीय गाडीले पेट्रोल/डिजेल गाडीको बजारविरुद्ध बलियोसँग धाबा बोलेको देखिन्छ । पेट्रोल/डिजेल गाडीक...

Image

विभिन्न मितिमा हराएका २४ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनील...

Image

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र...

Image

बिहानको समयमा ३ घण्टा र राति १० घण्टा सो सडकमा आवागमन गर्न दिने जिल्ला प्रहरी कार्यालय ललितपुर र सडक...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४