काठमाडौं । नेपालमा दिगो यात्रा प्रवर्द्धन गर्ने प्रतिबद्धताका साथ जगदम्बा मोटर्स र टिभिएस मोटर कम्पनीले लाइफ टाइम ब्याट्री अस्योरेन्सको साथ टिभिएस आईक्यूब इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । नेपालीहरूलाई सबैभन्दा ठूलो चिन्ताको विषय भनेको ब्याट्रीको टिकाउपन, वारेन्टी र लागत हो ।
टिभिएसले आईक्यूब मार्फत नेपालमा इलेक्ट्रिक स्कुटरलाई व्यापक प्रयोगमा ल्याउने उद्देश्य राखेको छ । ब्याट्री एश्योरेन्स कार्यक्रमको सदस्यता लिने टिभिएस आईक्यूबका ग्राहकहरूले ७० प्रतिशत एसओएच (स्टेट अफ हेल्थ) सम्मको ब्याट्री लाइफ प्राप्त गर्ने छन् । नेपालमा टिभिएस आईक्यूब र टिभिएस आईक्यूब एस गरी टिभिएस आईक्यूबका दुई मोडलहरू उपलब्ध हुनेछ ।
ग्राहकहरूले मात्र २ लाख ९९ हजार ९०० रुपैयाँमा टिभिएस आईक्यूब खरिद गर्न पाउनेछन् । टिभिएस आईक्यूवका दुई पाङग्रे सवारी साधनहरूले नेपालमा ४ लाख ११ हजार किलोमिटर यात्रा तय गरेर १० हजार २७५ लिटर इन्धन बचत गरेको छ । वातावरणमा २३ हजार ७६२ किलो कार्बन उत्सर्जन हुन रोकेको छ । विश्वमा टिभिएस आईक्यूवका करिब तीन लाख ग्राहकहरूले करिब १.९ अर्ब किलोमिटर यात्रा तय गर्दै ४७ करोड लिटर इन्धनको बचत गर्न सफल भएका छन् । ६९ हजार ५९० टन कार्बन उत्सर्जन हुनबाट रोकेका छन् ।
नेपालमा ३३ डिलरहरूमा उपलब्ध रहेको आईक्यूबको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँबाट सुरु हुनेछ । थप जानकारी प्राप्त गर्नको लागि ग्राहकहरूले आधिकारिक वेबसाइटमा हेर्न सक्ने कम्पनीले जनाएको छ ।