एजेन्सी । चर्चित अमेरिकी कार कम्पनी टेस्लाले भारतमा आफ्नो फ्याक्ट्री स्थापना गर्न लागेको भन्ने चर्चा बीच हालै एउटा नयाँ डिल गरेको छ । टेस्लाले आफ्नो कर्मा प्रयोग गर्न भारतीय कार कम्पनी टाटासँग सेमीकन्डक्टर र चिप्स खरिद गर्ने सम्झौता गरेको हो।
यहि अप्रिल २२ देखी हुने आफ्नो भ्रमणको दौरान टेस्लाका मालिक एलन मस्क भारत समेत आउने चर्चा छ । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटेर भारतमा लगानी गर्ने घोषणा गर्ने योजना रहेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
उनले विद्युतीय गाडी निर्माणमा लगानी गर्ने र सो कार्य गर्दा टाटासँग सहकार्य गर्ने बताइएको छ । आफुले भारतीय प्रधानमन्त्रीसँग बातचित गर्ने कुरा हालै सामाजिक सञ्जाल एक्स मार्फत मक्सले जानकारी दिएका छन् ।
टाटा र टेस्ला बीच के कति मूल्य बराबरको कारोबार गर्ने सम्झौता भएको हो भन्ने खुलासा भएको छैन । तापनि यो डिलले टाटा इलेकट्रोनिकलाई विश्व बजारमा विश्वसनीय आपूर्तिकर्ताको रुपमा भने स्थापित गरेको छ ।