‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

११ बैशाख २०८१

cover image

एजेन्सी । चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम बङ्गलादेशमा ल्याएको छ । यसले मोबाइल प्रविधिको आविष्कारमा महत्त्वपूर्ण फड्को मारेको छ ।

सोमबार जारी गरिएको एक विज्ञप्तिमार्फत टेक्नोले प्राविधिक क्षमताहरूलाई अगाडि बढाउन र प्रयोगकर्ता अनुभवहरू अभिवृद्धि गर्ने आफ्नो प्रतिबद्धतालाई सुदृढ गर्दै नयाँ थपका साथ एआई क्षेत्रमा पाइला चालेको बताएको छ ।  टेक्नोको एआई नवाचारको केन्द्रमा यसको स्मार्टफोन लाइनअप, ‘टेक्नो स्पार्क २० प्रो प्लस’ मा सबैभन्दा नयाँ थपिएको छ ।

फोन अब बङ्गलादेशको बजारमा उपलब्ध भएको छ । यसले उपभोक्ताहरूलाई अत्याधुनिक प्रविधिको पहुँच र परिष्कृत मोबाइल अनुभवहरू प्रदान गर्नेछ । टेक्नोका इन्जिनियरिङका निर्देशक जुड यूले कम्पनीले एआई–सञ्चालित इकोसिस्टमले विश्वव्यापी स्तरमा मोबाइल अनुभवमा क्रान्ति ल्याउने तयारी गरेको बताएका छन् ।   

Image

भारतको १० शहरहरू नयाँ दिल्ली, श्रीनगर, गुवाहाटी, बेंगलुरु, गोवा, तिरुवनन्तपुरम, कोच्चि, कालीकट, कुन्...

Image

मिडिया रिपोर्टहरूमा बजेट वाहकले कम्तीमा २० कर्मचारीलाई बर्खास्त गरेको जनाइएको छ । एयर इन्डिया एक्सप्...

Image

जगुआर ल्यान्ड रोभर कोरियाले नयाँ रेन्ज रोभर स्पोर्ट पी–३६० जस्ता दुई मोडलका तीन सय २९ एकाइमा रियर ला...

Image

भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट...

Image

एजेन्सी । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ...

Image

खालिज टाइम्सका अनुसार दुबईले इमिरेटमा अस्थिर मौसमका कारण मे २ र ३ मा  सरकारी कर्मचारीहरूका लागि घरबा...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४